National life

एनआईसी एशिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेश होटल प्रा.लि. बीच दुई पक्षिय सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ फागुन २०८०, बुधबार
583Shares
एनआईसी एशिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेश होटल प्रा.लि. बीच दुई पक्षिय सम्झौता
ncell

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेश होटल प्रा.लि. बीच क्यापिटलको “IDEA to IPO” सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

एन आई सी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि क्ष्एइ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोही सेवा अन्तर्गत काठमाण्डौ वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाण्डौमा रजिष्ट्रार कार्यालय रहेको युनाइटेड बिजनेश होटल प्रा.लि.लाई क्यापिटलको “IDEA to IPO” सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित युनाइटेड बिजनेश होटल प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर (IPO) निष्काशन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेश होटल प्रा.लि. बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ।

एन आई सी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत श्री दामोदर रायमाझीज्यूलाई मोवाइल नं.९८०२३५५६७८ मा सोझै सम्पर्क गर्न सकिने छ।

यो समाचार शेयर गर्नुहोस्
583SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?