National life

एनआईसी एशिया बैंकका डेपुटी सीईओ पाण्डेको राजिनामा सञ्चालक समितिद्धारा अस्वीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ माघ २०८०, आइतबार
833Shares
एनआईसी एशिया बैंकका डेपुटी सीईओ पाण्डेको राजिनामा सञ्चालक समितिद्धारा अस्वीकृत
ncell

काठमाडौं । एनआईसी एशिया बैंकका डेपुटी सीईओ सुधिर पाण्डेले बुझाएको राजिनामा पत्र सञ्चालक समितिले अस्वीकृत गरिदिएको छ । पाण्डेले बुधबार सीइओ रोशन न्यौपानेसमक्ष राजीनामा बुझाएका थिए ।

शनिबार बसेको सञ्चालक समितिको बैठकमा डेपुटी सीईओ पाण्डेको राजीनामा सीईओ न्यौपानेले सञ्चालक समितिमा पेश गरेका थिए । तर, अहिलेको परिस्थितिमा उच्च व्यवस्थापनको राजीनामाले नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले पाण्डेको राजीनामा अस्वीकृत गरेको हो ।

Royal Enfield
nic asia capital

पछिल्लो समय एनआईसी एशिया बैङ्कका रणनीतिहरू असफल हुन थालेपछि बैङ्कको व्यवस्थापन माथि दबाब बढ्न थालेको थियो । बैङ्कले राष्ट्र बैङ्क र सञ्चालक समितिलाई झुक्काएर गलत वित्तीय प्रतिवेदन तयार गरेपछि व्यवस्थापन र सञ्चालक समितिबिच विवाद बढेको छ ।

नेपाल राष्ट्र बैङ्कले पनि नियामयकी व्यवस्थाहरूमा चलखेल गरेको भन्दै एनआईसी एशिया बैङ्कलाई कारबाही गर्ने तयारी गरेको छ । गत असारमा बैंकले आवासीय कर्जामा ५४ अर्ब ९८ करोड रूपैयाँ लगानी गरेको ‘वासल(३’ अनुसारको आफ्नो रिपोर्टमा देखाएको थियो। तर पुसमा बैंकले सार्वजनिक गरेको यही वासल(३ अनुसारको रिपोर्टमा भने यस्तो कर्जा ७९ अर्बले वृद्धि भएर एक खर्ब ३३ अर्ब रूपैयाँ पुगेको थियो।

बैंकको आवासीय कर्जामा उच्च वृद्धि देखिएपछि यसको अनुसन्धान भइरहेको छ । बैंकहरूले यस्तो कर्जाका लागि अन्य कर्जामा भन्दा कम जोखिम भार राख्न सक्ने भएकाले पनि यस्तो चलाखी गरिएको आशंकामा राष्ट्र बैंकले विशेष सुपरिवेक्षण गरिरहेको हो ।

यो समाचार शेयर गर्नुहोस्
833SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?