काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एभरेस्ट होटल र बबरमहल स्थित इमिरो प्लाजा (बसेरा बुटिक) होटललाई नगद तीन – तीन लाख रुपैयाँ जरिवाना तिराएको छ।
विभागले अनुगमनका क्रममा एभरेस्ट होटलको किचनमा म्याद गुज्रेका सामान फेला पारेको थियो । यता बसेरा होटलको अनुगमन गर्दा अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको थियो।
चाडबाड लक्षित अनुगमनका क्रममा रिलेवलिङ गरेको गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको र उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि कारबाही गरेको विभागले जानकारी दिएको छ ।


































