National life

एमालेले पाउने जग्गा भाटभटेनीको नाममा नामसारीे, सर्वोच्चमा आज सुनुवाइ हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ कात्तिक २०८१, सोमबार
1.3kShares
एमालेले पाउने जग्गा भाटभटेनीको नाममा नामसारीे, सर्वोच्चमा आज सुनुवाइ हुने
ncell

काठमाडौं । एमालेले जग्गादान लिएको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोरको नाममा पास भएको छ । यसअघि सो जग्गा कालु गुरुङ लगायत सञ्चालक रहेको रोड सो रियल स्टेटका नाममा थियो । केही दिनअघि उक्त जग्गा नामसारी भएको हो ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले जग्गादान घोषणा गरेको करिव एक महिनापछि उक्त जग्गा आफ्नो नाममा लिएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गुरुङले दशैंको फूलपातीका दिन एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गादान घोषणा गरेका थिए । घोषणा अनुसार, उनले एक वर्षभित्र आफैले तीनवटा भवन बनाएर एमालेलाई जग्गा र भवन हस्तान्तरण गर्नेछन् । गुरुङले गरेको जग्गादान सम्वन्धी मुद्दा सर्वोच्च अदालतमा बिचाराधिन छ । उक्त मुद्दाको सुनुवाइ हुनुभन्दा अघि नै जग्गा गुरुङले आफ्नो कम्पनीको नाममा सारेको देखिन्छ ।

भाटभटेनीले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठाइ दायर भएको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्च अदालतले अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने तय गर्न आज दुवै पक्षलाई सुनुवाइका लागि बोलाएको छ ।

सोमबारका लागि तोकिएको सुनुवाइ न्यायाधीशहरु डा. नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?