National life

एमालेले व्यवसायी मिनबहादुर गुरुङसँग दान लिएको जग्गा घुस नै रहेको दीपशीखाको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० पुस २०८१, शनिबार
618Shares
एमालेले व्यवसायी मिनबहादुर गुरुङसँग दान लिएको जग्गा घुस नै रहेको दीपशीखाको दाबी
ncell

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङको छोरालाई देखिनसहेको टिप्पणी गरेका छन् । आज (शनिबार) माओवादी केन्द्र कालिका गाउँपालिका रसुवाको दोस्रो पालिका सम्मेलन उद्गघाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध ओली नेतृत्वको सरकार लागिरहेको बताएका हुन् । कुलमानलाई सरकारले हटाएको खण्डमा राम्रो नहुने चेतावनीसमेत दिए ।

‘अहिले सिंहदरबारमा बसेको त्यो मान्छेलाई तामाङको छोरोसँग खुब रिस उठेको छ, कुलमान घिसिङ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तिनी इन्भटर बेचेर खान्थे । तिनी इन्भटर व्यापारीसँग घुस लिन्थे । दानका नाममा पैसा खाएर बसेका थिए । तामाङको छोरोलाई हामीले विद्युत प्राधिकरणको जिएम बनायौं । अहिले महिनामा अर्बको विजुली बेचिरहेको छ । केपी ओलीलाई खुब रिस उठेको छ त्यो तामाङको छोरोसँग । हामीले बनाएको, हामीले पुर्याएको तामाङको छोरो हटायौ भने तिम्रो ढाड‘,’– उनले भने ।

नेता दीपशीखाले ओली नेतृत्वको वर्तमान सरकारले छ महिनाको अवधिमा सिन्कोसमेत भाँच्न नसकेको दाबी गरे । एमालेले व्यवसायी मिनबहादुर गुरुङसँग दान लिएको जग्गा घुस नै रहेको दाबी गरे । उनले भने, ‘अरुले गर्दा भ्रष्टाचार हुन्छ । केपी ओलीले मिनबहादुर गुरुङबाट लिएको जग्गा घुस हो कि होईन ? यसलाई भ्रष्टाचार भनिन्छ ।’

साथै, वर्तमान सरकार जनताको सरकार नभएर भ्रष्ट र दलालहरुको रहेको उनको दाबी छ । ओली नेतृत्वको सरकारलाई सबैभन्दा बढी माया पाँचतारे होटलका मालिक र मिनबहादुर गुरुङहरुको रहेको उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
618SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?