National life

कफीको मूल्य तीस वर्ष यताको उच्च बिन्दुमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ मंसिर २०८१, बिहिबार
645Shares
कफीको मूल्य तीस वर्ष यताको उच्च बिन्दुमा
ncell

काठमाडौं । अरेबीका कफीको मूल्य सन् १९७७ यताकै उच्च बिन्दुमा पुगेको छ । यस वर्ष ब्राजिलमा खडेरीका कारण सीमित आपूर्ति हुने देखिएसँगै न्युयोर्कमा सूचीकृत अरेबीका कफीको एक पाउन्डको मूल्य तीस वर्षको उच्च मूल्यस्तर पार गर्दै ३२०.१० अमेरिकी सेन्टसम्म पुगेको छ।

ब्राजिलमा उत्पादन हुने अरेबीका कफीको मूल्य सन् १९७७ मा अहिलेसम्मकै उच्च ३३७.५० अमेरिकी सेन्ट थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विश्वको सबैभन्दा ठूलो कफी उत्पादक देश ब्राजिलले यस वर्ष कीर्तिमानी खडेरीको सामना गर्नुपरेको र यसले सन् २०२५(२०२६ मा कफीको उत्पादनमा ह्रास आउने भएपछि कफीको मूल्यमा वृद्धि भएको हो।

नेदरल्यान्डस्थित राबो बैंकका वरिष्ठ विश्लेषक गुइल्हर्मे मोरियाका अनुसार अक्टोबरमा आएको ‘उल्लेखनीय वर्षा’ले बालीनालीलाई फाइदा पु¥याए पनि कफीको मूल्य वृद्धि हुने बताइएको छ। विश्लेषकहरुका अनुसार ‘रेड सी’ मा ढुवानीमा अवरोध, सम्भावित अमेरिकी कर वृद्धि र भविष्यमा वन फँडानीमा युरोपेली युनियनको नियमनजस्ता भूराजनीतिक कारकहरुले पनि मूल्य वृद्धिलाई बढावा दिएको छ।

‘माग उच्च रहे पनि ‘किसानहरुले आवश्यक पर्ने मात्राको’ मात्र बिक्री गर्न रोजेका छन्, जसले गर्दा स्थानीय बजारमा कफीको आपूर्ति सीमित भएको छ,’ मोरयाले भने । धेरै अवधि सुक्खापनको सामना गरेको भियतनामले पनि यस वर्ष पनि तत्काल कफीको लागि प्रयोग गरिने सस्तो ‘रोबस्टा बिन’को आपूर्तिमा अभावको सामना गरेको बताइएको छ ।

लन्डनमा सूचीकृत रोबस्टाको मूल्य प्रतिटन पाँच हजार २०० अमेरिकी डलर को हाराहारीमा रहेकोमा सेप्टेम्बरको मध्यमा पाँच हजार ८२९ अमेरिकी डलर पुगेको थियो । एएफपी

 

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?