National life

कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा हामी उत्कृष्टमध्येको एक हौ : एनआईसी एशिया बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ फागुन २०८०, बुधबार
422Shares
कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा हामी उत्कृष्टमध्येको एक हौ : एनआईसी एशिया बैंक
ncell

काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात् गर्दै उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकका बारेमा केही सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरूप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको भन्दै बैंकले ध्यानाकर्षण गरेको छ ।

बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू पूर्णरुपमा कपोकल्पित तथा असत्य रहेको उल्लेख गर्दै बैंकले उक्त समाचारका विषयमा खण्डन गरेको छ ।

यस बैंकका मुख्य सूचकाङ्कहरू (सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी,स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा वाणिज्य बैकहरूमध्ये उत्कृष्ट मध्येमा सदैव पर्दै आएको र कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा यस बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको एवम् बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट मध्येमा पर्दै आएको बैंकले उद्भिद गरेको छ ।

संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, Overall Financial Indicators  मा बैंकको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट हेर्दा यस बैंक सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने बैंकको Mission मा निरन्तर सफल हुँदै गइरहेको पुष्टि हुने बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital

बैंक भित्र सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कुनै पनि तहमा कुनै पनि किसिमको असमझदारीको झिल्को समेत नरहेको र बैंकको सम्पूर्ण संरचना नै सदा झैं एकताबद्ध, दृढ, एवम् रूपान्तरणकारी हिसाबले सबै सरोकारवालाहरूको हित संरक्षण र संवर्द्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहेको तथ्य समेत सम्पूर्ण सरोकारवालाहरूलाई बैंकले प्रस्ट्याएको छ ।

यो समाचार शेयर गर्नुहोस्
422SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?