National life

कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुन्छ भन्ने भ्रममा बस्न हुँदैन : गभर्नर अधिकारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०७ असोज २०८०, आइतबार
518Shares
कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुन्छ भन्ने भ्रममा बस्न हुँदैन : गभर्नर अधिकारी
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुन्छ भन्ने भ्रममा बस्न नहुने बताएका छन् । शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले अर्थतन्त्र चलायमान हुँदा मात्रै बैंकको कर्जा प्रवाह बढ्ने गरेको भन्दै उनले कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुन्छ भन्ने भ्रममा बस्न नहुने बताएका हुन् ।

गभर्नर अधिकारीले बैंकहरूले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताए ।

बैंकहरुको कर्जा प्रवाह मुलुकको कुल गार्हस्थ उत्पादन भन्दा धेरै भइसक्दा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘नेपालको कर्जा प्रवाह जीडीपीभन्दा धेरै छ । अहिले बैंकले लोन नदिएका कारणले अर्थतन्त्र चलायमान भएन भन्ने गरिएको छ, बजार चलायमान भएर ऋण चाहिने हो कि ऋण दिएर बजार चलायमान हुने हो ?’ उनले प्रश्न गरे ।

राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक तथ्याङ्कलाई नै बेलाबेलामा सैद्धान्तिक अभ्यासले चुनौती दिने गरेको उनले बताए ।

पछिल्लो समय विश्वका केन्द्रीय बैंकहरू अर्थतन्त्रलाई स्थायित्व दिन र मूल्यवृद्धि नियन्त्रणका लागि नीतिगत रुपमा कडाइका साथ उभिएको उनको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
518SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?