National life

कर्जा प्रवाहमा वृद्धि: एकै दिन ३ अर्ब रुपैयाँ निक्षेप बाहिरियो, निक्षेप संकलन कति ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ असार २०८१, बुधबार
891Shares
कर्जा प्रवाहमा वृद्धि: एकै दिन ३ अर्ब रुपैयाँ निक्षेप बाहिरियो, निक्षेप संकलन कति ? 
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बैंकिङ प्रणालीबाट एकै दिन ३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकका अनुसार असार ६ गते बैंक तथा वित्तीय संस्थाहरुबाट ६२ खर्ब ७२ अर्ब निक्षेप संकलन भएको देखाएको हो। असार ५ गते बुधबार गते भने बैंक तथा वित्तीय संस्थाहरूले ६२ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए। यस तथ्यांकलाई हेर्दा एक दिनमा ७ अर्बले निक्षेप संकलन बढेको देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन पनि बढेको छ। बिहीबार वाणिज्य बैंकहरुबाट ५५ खर्ब ५२ अर्ब निक्षेप संलकन भएको छ। अघिल्लो दिन बुधबार भने वाणिज्य बैंकहरुले ५५ खर्ब ४६ अर्ब निक्षेप संकलन गरेका थिए।

त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकले पछिल्लो चरण कर्जा प्रवाह पनि केही बढेको देखाएको छ। बुधबार ५१ खर्ब ३५ अर्ब कर्जा प्रवाह भएकोमा बिहीबार भने २ अर्बले बढेर ५१ खर्ब ३७ अर्ब कर्जा प्रवाह भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।

गत असार ७ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ८० अर्ब रुपैयाँ बरारबको निक्षेप संकलन रहेको थियो । वाणिज्य बैंकहरुको निक्षेपमा पनि ३ अर्ब रुपैयाँले घटेको छ। कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५५ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ। असार ७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५५ खर्ब ६० अर्ब रहेको थियो।

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ। अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब २० अर्ब रुपैयाँ रहेको छ । निक्षेप संकलनसँगै कर्जा प्रवाह पनि घटेको छ । गत असार ७ गते ५१ खर्ब २६ अर्ब रहेको कर्जा प्रवाह १ अर्बले घटेर ५१ अर्ब ३५ करोड रुपैयाँ पुगेको पुगेको छ। अन्तरबैंक ब्याजदर भने औषत विन्दु अर्थात ३ प्रतिशत कायम भएको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
891SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?