National life

कर्जा प्रवाहमा वृद्धि बैंकिङ्ग निक्षेपमा भने क्रमिक रूपमा गिरावट 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० माघ २०८१, बिहिबार
822Shares
कर्जा प्रवाहमा वृद्धि बैंकिङ्ग निक्षेपमा भने क्रमिक रूपमा गिरावट 
ncell

काठमाडौँ । बैंकिङ्ग निक्षेपमा देखिएको गिरावटका कारण कर्जा प्रवाहमा वृद्धि भएको छ । यही माघ ७ गतेको केन्द्रीय बैंकको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६७ खर्ब १४ अर्ब निक्षेप संकलन भएको छ । सोही अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६७ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो।

साथै, सोही समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलनमा समेत २ अर्ब रूपैयाँको गिरावट आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
माघ ६ गते ५९ खर्ब ७९ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले माघ ७ गते ५९ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।निक्षेप संकलनसँगै सुस्ताएको कर्जा प्रवाहमा समेत फेरबदल आएको छ । समीक्षा अवधिसम्ममा कर्जा प्रवाहमा वृद्धि आएको छ । माघ ६ गते ५४ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ ७ गते ५४ खर्ब १० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ।

केन्द्रीय बैंकका अनुसार माघ ६ गते ४७ खर्ब ९५ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले माघ ७ गते ४६ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । सीडी रेसियो समेत ७८ दशमलव ३० प्रतिशत रहेको छ भने अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
822SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?