National life

साउन १ गते देखि लागू हुने गरी कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ साउन २०८१, मङ्गलबार
1KShares
साउन १ गते देखि लागू हुने गरी कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन
ncell

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेको छ । कोषले २०८१ साल साउन १ गते देखि लागू हुने गरी व्याजदरमा परिवर्तन गरेको हो ।

सञ्चय कोष रकम र निवृत्तभरण कोष रकममा दिने ब्याजदर पाँच दशमलव पाँच शुन्य प्रतिशत र विशेष सापटीको ब्याजदर छ दशमलव छ शुन्य प्रतिशत कायम भएको छ । यस्तै, धितोमा आधारित घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीको ब्याजदर घटाई सात दशमलव पाँच शुन्यप्रतिशत कायम गरेको छ भने जग्गा खरिद सापटी र सरल सापटीमा आठ प्रतिशत व्याज रकम लिने निर्णय गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो ब्याजदर पुराना र नयाँ दुबै ऋणीलाई लागू हुनेछ।

कोषले विशेष सापटी बाहेकका धितोमा आधारित सापटीको व्याज नियमित रुपमा चुक्ता गर्ने सञ्चयकर्ताको हकमा शून्य दशमलव दुई पाँच प्रतिशत विन्दुले छुट दिने निर्णय समेत गरेको छ । कोषले आर्थिक वर्ष २०८०/८१ को सञ्चयकर्ता र योगदानकर्ताको व्यक्तिगत खाता २०८१ साल आषाढ मसान्तमा तयार हुने र यसरी व्यक्तिगत खाता तयार गर्ने कार्य आषाढ मसान्तको कार्यालय समय पछि शुरु हुने भएकोले २०८१ साल श्रावण १ गते सञ्चयकर्तालाई प्रवाह गरीने सेवा बन्द हुने समेत जनाएको छ।

कोषले काठमाण्डौ उपत्यका तथा सातै प्रदेशमा रहेका शाखा कार्यालय र सेवा केन्द्रमार्फत सञ्चयकर्तालाई सहुलियत दरमा विशेष सापटी, घर सापटी¸ शैक्षिक सापटी¸ सरल सापटी¸ घर मर्मत सापटी र जग्गा खरिद सापटी प्रदान गरिरहेको छ । कोषले सञ्चयकर्ताको खातामा जम्मा भएको रकमको सुरक्षणमा नब्बे प्रतिशतसम्म रकम विशेष सापटीको रुपमा प्रदान गर्दै आइरहेको छ भने घर निर्माण गर्न र घर तथा जग्गा खरिदको लागि एक करोडसम्मको सापटी रकम प्रदान गर्ने गरेको छ ।

सञ्चयकर्ता स्वंय वा पतिरपत्नी वा छोरारछोरीलाइ उच्च शिक्षा अध्ययन गराउने प्रयोजनको लागि चालिस लाख सम्म रुपैयाँ सम्म प्रदान गर्ने गरेको छ भने सरल सापटी स्वरुप चालिस लाख सम्म र घर मर्मत गर्न तीस लाख रुपैयाँ सम्म प्रदान गर्ने गर्दछ । हाल कोषमा निजामती¸ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र संगठित क्षेत्र एवं सामुदायिक तथा संस्थागत विद्यालयतर्फका गरी ६ लाख ४५ हजार सञ्चयकर्ता तथा योगदानकर्ताहरु आवद्ध रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?