काठमाडौँ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जीवन बीमा कम्पनीहरूबाट करिब पाँच अर्ब रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूबाट यस अवधिसम्म चार अर्ब २ करोड ९७ लाख रुपैयाँ बराबरका पोलिसी सरेण्डर भएको हो । कार्तिक मसान्तसम्म ३५ हजार ९५ जनाले उक्त रकम बराबरका पोलिसी सरेण्डर गरेका छन्।
चार महिनाको अवधिमा एलआइसी नेपालबाट सबैभन्दा बढी बीमितहरुले पोलिसी सरेण्डर गरेका छन् ।
साथै, राष्ट्रिय जीवन बीमा कम्पनीबाट ३७ करोड ४१ लाख रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सबाट २९ करोड ३१ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सबाट २७ करोड ९६ लाख रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट २३ करोड ११ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।
यस अवधिमा प्रभु महालक्ष्मी लाइफबाट पाँच करोड ४९ लाख रुपैयाँ, रिलायबल नेपालबाट तीन करोड ६३ लाख रुपैयाँ र सन नेपालबाट दुई करोड २९ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ ।
साथै, हिमालयन लाइफबाट २२ करोड ७४ लाख रुपैयाँ, मेट लाइफबाट १३ करोड ५३ लाख रुपैयाँ, सानिमा रिलायन्सबाट नौ करोड ३१ लाख रुपैयाँ, आइएमई लाइफबाट छ करोड ५२ लाख रुपैयाँ र सिटिजन लाइफबाट ६ करोड ५४ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको तथ्यांकमा उल्लेख छ ।



































