National life

कार्बन आम्दानीको रकम नवीकरणीय ऊर्जा प्रवर्द्धनमा 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ मंसिर २०८१, शुक्रबार
527Shares
कार्बन आम्दानीको रकम नवीकरणीय ऊर्जा प्रवर्द्धनमा 
ncell

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले कार्बन आम्दानीबाट उठेको रकम नवीकरणीय ऊर्जा प्रवर्द्धनमा लगाउने भएको छ ।

वैकल्पिक ऊर्जा विकास समितिका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको अध्यक्षतामा वैकल्पिक ऊर्जा विकास समितिको बिहीबार साँझ बसेको बैठकले नवीकरणीय ऊर्जा प्रवर्द्धनमार्फत प्राप्त कार्बन आम्दानीलाई सोही क्षेत्रका थप कार्यक्रममा प्रवर्द्धन गर्ने निर्णय गरेको हो ।

बैठकले कार्बन आम्दानीलाई घरायसी, सामुदायिक एवम् ठूला वायोग्याँस, सौर्य सिँचाइ, लघु तथा साना जलविद्युत, घरायसी तथा संस्थागत विद्युतीय चुल्हो प्रवर्द्धन तथा नवीकरणीय ऊर्जा प्रविधिको मर्मत सम्भार र क्षमता अभिवृद्धिमा लगाउने निर्णय गरेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिनुभयो ।

यस्तै, बैठकले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यस्थलमा हुने यौनजन्य शोषण, दुरुपयोग र दुर्व्यवहार  ९निवारण० आचार संहिता, २०८१ स्वीकृति गर्ने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, केन्द्रअन्तर्गत सञ्चालित हरित जलवायु कोषको कार्यक्रमको प्रभाव मूल्यांकन गर्न प्राविधिक सहयोगका लागि हरित जलवायु कोषसँग समझदारी पत्रमा हस्ताक्षर गर्न केन्द्रका कार्यकारी निर्देशकलाई स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा समितिका अध्यक्ष एवम् उर्जामन्त्री खड्काले स्वदेशमा विद्युत् खपत वृद्धि गर्ने सरकारले लिएको लक्ष्य पुरा गर्नका लाई केन्द्रले नयाँ सोच एवम् कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभएको मन्त्री खड्काको भनाई उद्धृत गर्दै बैठकमा सहभागी केन्द्रका नायव कार्यकारी निर्देशक डा नारायण अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, बैठकले सन् २०२५ को जनवरी २६ मा ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस’ मनाउने प्रस्ताव स्वीकृत गरेको छ । संयुक्त राष्ट्रसंघले सन् २०२३ देखि उक्त दिवस मनाउने घोषणा गरेको थियो । उर्जामन्त्री खड्काले घरायसी प्रयोजनमा प्रयोग भइरहेको एलपिजी ग्याँसलाई विस्थापनको लागि विभिन्न खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि र विद्युतीय चुलोलाई थप प्रभावकारी एवम् व्यापक रूपमा विस्तार गर्ने कार्यक्रम ल्याउन केन्द्रलाई निर्देशन दिनुभएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?