काठमाडौं। भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सि.डि.ई) सचिन्द्र कुमार देवसहित अन्य चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
४ मधुवापुर अन्तर्गत शहरी विकास, राजविराजद्वारा मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म करिब ३ सय मिटर बाटो कालोपत्रे गर्ने क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सि.डि.ई सचिन्द्र कुमार देवसहित, तत्कालीन इन्जिनियर मदन राय, सबइन्जिनियर सरोज कुमार यादव र निर्माण व्यवसायी गुन्जा कन्सट्रक्सनका प्रोप्राइटर गोविन्द प्रसाद मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
उनीहरुविरुद्ध ३ लाख ४७ हजार रुपैयाँ विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिएका छन् । अख्तियारका अनुसार सि.डि.ई देव, तत्कालीन इन्जिनियर राय र सबइन्जिनियर यादवले अनियमित तरिकारले निर्माण व्यवसायी मण्डललाई ३ लाख ४७ हजार रुपैयाँ भुक्तानी दिएका थिए ।
































