National life

किसानलाई दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ फागुन २०८०, सोमबार
652Shares
किसानलाई दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूग्ध विकास संस्थानले दूध खरिद गरेबापत् किसानहरूलाई दिनुपर्ने बक्यौता भुक्तानी तुरून्त दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरुन्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन दिए। प्रधानमन्त्रीले भने, ‘किसानहरूले महिनौंसम्म दुधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस्। निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस्।’

यो समाचार शेयर गर्नुहोस्
652SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?