National life

 कृषि विकास बैंकको नाफा ९७.२२ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ वैशाख २०८१, शनिबार
727Shares
 कृषि विकास बैंकको नाफा ९७.२२ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा कति ?
ncell

काठमाडौँ । कृषि विकास बैंकले चालू आर्थिक वर्ष ०८०- ८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९७.२२ प्रतिशत वृद्धि भएको हो ।

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा ८४.४७ प्रतिशत वृद्धि भएको छ ।

त्यस्तै खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १५.३१ प्रतिशत वृद्धि भएको हो । त्यस्तै कम्पनीको निष्किृय कर्जा पनि घटेको छ । गत आवमा निष्क्रिय कर्जा ४.२० प्रतिशत रहेकोमा चालू आवमा घटेर ३.३० प्रतिशत पुगेको हो ।

चुक्ता पुँजी १८ अर्ब ८८ करोड रुपैयाँ रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा १५ अर्ब ६४ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब १२ करोड रुपैयाँ सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा १ अर्ब १२ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९० पैसा रहेकोमा चालू आवमा बढेर १७ रुपैयाँ ९३ पैसा पुगेको हो ।

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?