National life

कृषि विकास बैंकको ३४ करोड ठगी प्रकरणमा बैंकका कर्मचारीसहित तीन जना दोषी ठहर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ पुस २०८१, मङ्गलबार
1.2kShares
कृषि विकास बैंकको ३४ करोड ठगी प्रकरणमा बैंकका कर्मचारीसहित तीन जना दोषी ठहर
ncell

काठमाडौँ। कृषि विकास बैंकको ३४ करोड बराबरको ठगी गरी विदेश लगेर शुद्धीकरण गर्ने तीन जना सम्पत्ति शुद्धीकरण कसुरमा पनि दोषी ठहर भएका छन् ।

आइतबार विशेष अदालतले बैंकका तत्कालीन अधिकृत केदारप्रसाद गौतमसहितलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि यही पौष २२ गतेको पेसी तोकेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत ५ चैतमा सूर्यबहादुर लिम्बु, कृष्णहरि थापा र केदारप्रसाद गौतमविरुद्ध मुद्दा चलाएको थियो ।

उनीहरूलाई विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य द्वय तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले दोषी ठहर्‍याएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तीनै जना प्रतिवादीहरूलाई यसअघि नै भ्रष्टाचार, बैंकिङ कसुर तथा सरकारी कागजात कीर्तेको मुद्दा समेत दायर भइसकेको छ।

यी मुद्दामा सर्वोच्च अदालतबाट पनि सुरु सदरको फैसला भएको भन्दै विशेषले यस मुद्दामा पनि ठहर हुने फैसला गरेको हो। प्रतिवादीहरूले ३३ करोड ९३ लाख रुपैयाँभन्दा बढी सम्पत्ति कसुरबाट आर्जन गरेको र तह–तह हस्तान्तरण तथा रूपान्तर गरेको निष्कर्ष अदालतले गरेको छ।

गौतमले आफ्नो नाम तेजबहादुर थापा राखेर कारोबार गरेका थिए । यस मुद्दामा अनुसन्धानपछि २१ भदौ ०७२ मा सरकारी वकिलले विभागमा पनि अनुसन्धानका लागि पत्राचार गरेको थियो । गौतमले थापासमेतको मिलेमतोमा योजनाबद्ध तरिकाले हुँदै नभएको व्यक्तिका नाममा खाता खोली रकम ट्रान्सफर गरेको भेटिएको थियो । यस मुद्दामा दर्जनभर प्रतिवादी भए पनि सम्पत्ति शुद्धीकरणको कसुरमा भने तीन जना प्रतिवादी कायम गरिएकोमा उनीहरूमाथि कसुर कायमको फैसला भएको हो।

ठगी गरेको पैसा विदेश लगेर शुद्धीकरण गरेको कसुरमा छुट्टै मुद्दा दायर भएकोमा त्यसमा पनि उनी दोषी ठहर भएका हुन् । दोषी ठहर हुने कृष्णहरि थापा नामक व्यक्ति भने अझै पत्ता लागेका छैनन् । उनकै योजनामा आफूले बैंकको सिस्टममा खेलेर पैसा स्थानान्तरण गरेको गौतमको बयान थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?