National life

खल्तीबाट फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा ५० हजार जित्ने मौका

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ कात्तिक २०८०, शुक्रबार
1.5kShares
खल्तीबाट फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा ५० हजार जित्ने मौका
ncell

काठमाडाैं । ‘खल्ती’ले चाडपर्वको माहौललाई मध्यनजर राख्दै आफ्ना प्रयोगकर्ताका लागि स्क्यानमार्फत हुने भुक्तानीमा उपहार उपलब्ध गराएको छ।

यस अफरअनुसार फोनपे क्यूआर स्क्यानको भुक्तानीमा सहभागी हुने प्रयोगकर्ताले रु. ५० हजार, खल्ती प्रो प्राप्त गर्न सक्नेछन् भने खल्ती मर्चेन्टले स्मार्टवाच साथै रु. १०० बोनस प्राप्त गर्ने मौका प्राप्त गर्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ भने खल्ती मर्चेन्टले फोनपे क्यूआर स्क्यानमार्फत भुक्तानी लिएर सहभागी हुनेछन्। उपहारस्वरुप खल्ती ग्राहकमध्ये हरेक महिना २ भाग्यशाली विजेताले रु. ५० हजार जित्नेछन् र हरेक हप्ता १५ जना खल्ती प्रोको विजेता बन्न सक्नेछन्।

त्यसैगरी खल्ती मर्चेन्टबाट भने हरेक हप्ता एक भाग्यशाली विजेताले स्मार्टवाच जित्न सक्नेछन् साथै पहिलोपटक भुक्तानी लिँदा रु. १०० बोनस पनि प्राप्त गर्नेछन्।

यस अफरबारेमा खल्तीका सीईओ विनय खड्का भन्छन्, ‘अहिले चाडपर्वको माहौलमा हामीले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्नका लागि यस्ता आकर्षक अफर उपलब्ध गराएका छौँ। यस अफरबाट हाम्रा प्रयोगकर्ता, एजेन्ट्स र क्यूआर मर्चेन्टले भरपुर फाइदा लिन सक्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।’

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा छ। खल्तीमा देशभरिका ३१ लाखभन्दा बढी प्रयोगकर्ता, १ लाखभन्दा बढी एजेन्ट, ६० हजारभन्दा मर्चेन्ट, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, १ हजार ५०० भन्दा बढी सहकारी र ३०० भन्दा बढी कर्मचारीको परिवारमा रुपान्तरण भएको छ। सम्पूर्ण नेपालीमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा र इभेन्ट टिकट बुकिङ, बीमाशुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु र अन्य थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराउँदै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?