National life

एभरेष्ट बैंकको खुद नाफा १०.०७ %ले वृद्धि , प्रतिसेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ साउन २०८१, सोमबार
629Shares
एभरेष्ट बैंकको खुद नाफा १०.०७ %ले वृद्धि , प्रतिसेयर आम्दानी कति ?
ncell

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकले उक्त अवधिमा ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.०७ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्ष बैंकले ३ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो ।

साथै, बैंकको खुद ब्याज आम्दानी पनि थोरै बढेको छ । ७ अर्ब ४१ करोड रहेको उक्त आम्दानी ३.३५ प्रतिशत बढेर ७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । यता, सञ्चालन नाफा १६.३१ प्रतिशतले बढेको छ ।

बैंकको इम्पेयमेन्ट चार्ज ६३.३९ प्रतिशत घटेर २८ करोड २४ लाख रुपैयाँ कायम भएको छ। चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ४ हजार रुपैयाँ रहेको एभरेष्टको जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ जम्मा रहेको छ ।

यता, यसको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड रुपैयाँ देखिएको छ । उक्त रकमबाट यसले २९.८६ प्रतिशत लाभांश वितरण गर्न सक्छ । बैंकको प्रतिसेयर आम्दानी ३१.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने २३६.०६ रुपैयाँ छ ।

यो समाचार शेयर गर्नुहोस्
629SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?