काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको पोखरा फाइनान्स १० करोड ६४ लाख रुपैयाँ नोक्सानमा देखिएको छ ।
कम्पनीले अघिल्लो वर्ष भने २ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । फाइनान्सको खुद ब्याज आम्दानी समेत ३५.७६ प्रतिशतले घटेर ३० करोड ८४ लाख रुपैयाँमा झरेको छ।
अघिल्लो वर्ष यसले ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असारसम्ममा कम्पनी ३४ करोड ५९ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ । भने अघिल्लो वर्ष फाइनान्सले सोही समयमा ४ करोड ३२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि २३ करोड ५६ लाखबाट बढेर ४५ करोड २६ लाख रुपैयाँ भएको छ । खुद ब्याज घट्नु, सञ्चालन घाटामा रहनु तथा इम्पेयरमेन्ट चार्ज बढ्दा कम्पनी नोक्सानमा रहेको हो । यसको वितरणयोग्य नाफा ४६ करोड ८८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
फाइनान्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८३ पैसा (वार्षिक) ऋणात्मक रहेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २ रुपैयाँ २ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ५ पैसा छ ।

































