काठमाडौँ। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर धनीको नाममा रहेको ६ हजार ९६९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
कम्पनीले प्रतिकित्ता ५०० रुपैयाँमा उक्त शेयर बिक्रीमा राखेको हो । यो शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक सेयर धनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कास्कीको पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयर कित्ताको सङ्ख्या खुलाई निवेदन दिनुपर्नेछ।
तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले उल्लेख गरेको छ ।





























