National life

घरजग्गाको कारोवार बढ्न सकेन ,कात्तिकमा २६ हजार मात्रै किनबेच

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ मंसिर २०८०, शनिबार
662Shares
घरजग्गाको कारोवार बढ्न सकेन ,कात्तिकमा २६ हजार मात्रै किनबेच
ncell

काठमाडौं । कात्तिकमा देशभरको मालपोत कार्यालयबाट २६ हजार ४६ सङ्ख्यामा मात्रै घरजग्गा किनबेच भएको छ । गत वर्षको तुलनामा यस वर्ष घरजग्गा कारोबारमा कमी आएको छ । कात्तिक महिनामा ७.२६ प्रतिशतले घरजग्गाको कारोबार घटेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत वर्षको कात्तिकमा देशभर २७ हजार नौ सय ३९ सङ्ख्यामा घरजग्गा किनबेच भएको थियो भने यस वर्ष सोही अवधिमा २६ हजार ४६ सङ्ख्यामा मात्रै घरजग्गा किनबेच भएको छ। घरजग्गा कारोबारमा कमी आउँदा राजस्व सङ्कलन समेत प्रभावित भएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्क अनुसार गत वर्षको कात्तिक महिनाको तुलनामा भने यस वर्ष सोही अवधिमा घरजग्गा कारोबारमा ७.२६ प्रतिशतले कमी आएको हो ।

यस्तै, चालु आवको असोज महिनामा देशभरका मालपोत कार्यालयबाट ३९ हजार ८ सय ८१ सङ्ख्यामा घरजग्गा किनबेच भएको थियो भने भदौ महिनामा ३५ हजार ६८६ वटा घरजग्गा किनबेच भएको थियो । उल्लेखित तथ्याङ्क हेर्दा कात्तिक महिनामा कारोबार निकै कम भएको स्पष्ट देखिन्छ । विभागको अनुसार कात्तिक महिनामा देशभर २६ हजार घरजग्गा किनबेच हुँदा १८ हजार ५९३ वटा घरजग्गा रोक्का भएको छ भने १५ हजार २५९ वटा घरजग्गा फुकुवा भएको छ ।

असारदेखि भदौसम्मको समयलाई घरजग्गा खरिदबिक्रीका लागि अफसिजन मानिन्छ । कात्तिक महिनामा घरजग्गा कारोबार घटे पनि मंसिरदेखि भने वृद्धि हुने जग्गा तथा आवास विकास महासंघको भनाई छ । कात्तिक महिनामा चाडपर्वहरूको कारण बिदा धेरै भएकोले घरजग्गाको कारोबार घटेको महासंघको भनाई छ ।

२०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको थियो। स्थानीय भू–उपयोग परिषदबाट जग्गा वर्गीकरणको काम सुरु भएपछि जग्गाको कित्ताकाट रोकिएको थियो।

उक्त नियमावली अनुसार सबै स्थानीय तहलाई जग्गा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा वर्गीकरण गर्न भनिएको थियो। तर सरकारले तोकेको र थप गरिएको समयमा समेत सबै स्थानीय तहहरूले वर्गीकरणको काम सकेनन्। लामो समय जग्गा किनबेच ठप्प भयो।

यसले अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै गत वैशाख ५ को मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली संशोधन गरेर देशभर कित्ताकाट खोल्ने निर्णय गरेको हो। सरकारले २०८१ को साउनसम्मका लागि कित्ताकाट खुला गरेको अवस्था छ ।

कात्तिक महिनामा घरजग्गाको कारोबार कम भएसँगै राजस्व सङ्कलनमा उच्च प्रभाव परेको छ । तथ्याङ्कअनुसार कात्तिक महिनामा २ अर्ब १६ करोड ३८ लाख ६७ हजार ५ सय ६४ रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको कात्तिक महिनामा तीन अर्ब ७६ लाख २५ हजार नौ सय १६ रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको थियो ।

यस्तै, २०७८ साल कात्तिकमा देशभरका मालपोत कार्यालयबाट पाँच अर्ब ४९ करोड ५१ लाख ८३ लाख १८ रुपैयाँ र २०७७ साल कात्तिक मा तीन अर्ब छ करोड २५ लाख ६३ हजार सात सय २७ रुपैयाँ बराबरको कारोबार भएको थियो । यता, चालु आर्थिक वर्षको असोज महिनामा भने ४ अर्ब ८ करोड ६६ लाख २९ हजार ४३७ रुपैयाँ राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्क छ ।

 

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?