National life

चार महिनामा हेटौँडाबाट साढे नौ करोड रुपैँया बढीको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ मंसिर २०८१, शुक्रबार
1.2kShares
चार महिनामा हेटौँडाबाट साढे नौ करोड रुपैँया बढीको दूध तथा दुग्धजन्य पदार्थ बिक्री
ncell

काठमाण्डौं । हेटौँडा दूध वितरण आयोजनाले चालू आर्थिक वर्षको चार महिनामा नौ करोड ५२ लाख रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ ।

गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो दुई करोड ४० लाख रुपैयाँले बढी हो । कार्यालय प्रमुख राजीव खनालका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि कात्तिकसम्ममा नौ करोड ५२ लाख रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को अवधिमा सात करोड १२ लाख मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बजारको मागभन्दा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा समस्या भएको छ ।

दूध खरिद गरेअनुसारको बजारमा दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानलाई चार महिनादेखि दूधको भुक्तानी दिन नसकेको कार्यालय प्रमुख खनालले बताए ।

कार्यालयले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दूध खरिद गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?