National life

सगरमाथा लुम्बिनी इन्स्याेरेन्सद्वारा एक महिनामै २० कराेड भन्दा बढी दाबी भुक्तानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०७ असोज २०८०, आइतबार
723Shares
सगरमाथा लुम्बिनी इन्स्याेरेन्सद्वारा एक महिनामै २० कराेड भन्दा बढी दाबी भुक्तानी
ncell

काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्याेरेन्सले चालू आर्थिक वर्षकाे पहिलाे महिना साउनमा बीमा दाबीवापत २० कराेड रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेकाे छ । कम्पनीले सार्वजनिक गरेकाे तथ्यांक अनुसार साउन महिनामा २० कराेड ५५ लाख ५२ हजार रूपैयाँ दाबी भुक्तानी गरिएकाे छ।

साउन महिनामा सगरमाथा लुम्बिनीले साना ठूला गरी कूल एक हजार ४७२ वटा बीमा दाबी फर्छ्याैट गरेकाे छ। चालू आव २०८०/८१ काे साउनमा कूल एक हजार ७३३ वटा दाबीमार्फत् कूल २८ कराेड ७२ लाख ९३ हजार रूपैयाँ दाबी भुक्तानीकाे आवेदन प्राप्त भएकाे थियाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत असार मसान्तमा कूल एक हजार ९३५ दाबीवापत सगरमाथा लुम्बिनीले ४५ कराेड ५४ लाख ३३ हजार रुपैयाँ दाबी भुक्तानी गरेकाे थियाे । असारमा एक हजार ६३० वटा दाबीमार्फत् १ अर्ब ९३ कराेड २९ लाख रुपैयाँ बराबरकाे दाबी भुक्तानीका लागी निवेदन प्राप्त भएकाे जनाएकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
723SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?