National life

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मात्रै १ अर्ब २ करोड युनिट बढी विद्युत निर्यात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ असोज २०८१, बुधबार
807Shares
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मात्रै १ अर्ब २ करोड युनिट बढी विद्युत निर्यात
ncell

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत निर्यात गरेको छ ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको हो । जसअनुसार प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत निर्यात गरेको छ । यस्तै भदौमा ३ अर्ब ५५ करोड ५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारतर्फ निर्यात गरिएको थियो । भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ ।
दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा रहेको छ भने साउनको प्रति युनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो । यसैगरी भदौमा ६ रुपैयाँ ६२ पैसा रहेको प्राधिकरणले जनाएको छ ।

चालू आवको दुई महिनामा ४ अर्ब ७१ करोड ६३ लाख भारु बरावरको विद्युत् बिक्री भएको प्राधिकरणले जनाएको छ ।

तर पछिल्लो केहि समययता भने बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरु र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको पनि प्राधिकरणले जनाएको ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

प्राधिकरणले हालसम्म प्रतिश्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । बाढीबहिरोभन्दा पहिले दैनिक रुपमा नौ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेकोमा अहिले दैनिक रुपमा डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको प्राधिकरणको भनाई छ ।

प्राधिकरणको बिद्युत आयात निर्यातसम्वन्धी तथ्यांक हेर्दा गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो । यस्तै यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको देखिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
807SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?