National life

चिनिया कम्पनी एस टु सी लाई १ करोड ६५ लाख युआन जरिवाना सहित ५ वर्ष प्रतिबन्ध

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० जेठ २०८१, बुधबार
616Shares
चिनिया कम्पनी एस टु सी लाई १ करोड ६५ लाख युआन जरिवाना सहित ५ वर्ष प्रतिबन्ध
ncell

काठमाडौं । स्थानीय चिप निर्माता कम्पनीलाई चीनको सांघाई स्टक एक्सचेन्जले आगामी ५ वर्षसम्म आफ्नो सेयर सूचीकृत गर्नबाट प्रतिबन्ध लगाएको छ।

गत फेब्रुअरीमा चीनले आइपीओमा कडाई गर्दै झुटो लेखापरीक्षण रोक्न ‘दर्ता–आधारित आइपीओ’ प्रणाली लागू गरेपछि पहिलो पटक यस्तो किसिमको कारबाही गरिएको साउथ चाइना मर्निङ पोस्टमा समाचार प्रकाशन गरेको छ ।

इन्ट्रीग्रेटेड सर्किटको इलेक्ट्रोनिक डिजाइनमा काम गर्ने चीप कम्पनी ‘एस टु सी (S2C) ले आफ्नो वित्तीय विवरणमा सन् २०२० को नाफा वास्तविक भन्दा ११८.५ प्रतिशत (१७ लाख डलर) बढी देखाएको सांघाई स्टक एक्सचेन्जले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एक्सचेन्जले कम्पनी र यसका कार्यकारीहरुलाई नियम विपरीत काम गरेको भन्दै १ करोड ६५ लाख युआन जरिवाना गरेको ३ महिनापछि कम्पनीलाई आगामी ५ वर्षसम्म आइपीओ जारी गर्न प्रतिबन्ध लगाएको हो ।

चिप निर्माताले कारोबार जालझेल गरेको, आफ्नो आम्दानी अग्रिममा देखाएको र वास्तविक भन्दा कम लागत देखाएको एक्सचेन्जको भनाई छ। कम्पनीले जानाजान नियम उल्लंघन गरेको पनि एक्सचेन्जको भनाई छ ।

स्टक एक्सचेन्जले आगामी ५वर्षसम्म उक्त कम्पनीको आइपीओ कागजातहरुको समीक्षा नगर्ने र कम्पनीका कार्यकारीहरुलाई आगामी ३ वर्षसम्म यस्तै भूमिकामा काम गर्न अयोग्य ठहर गरेको छ । ‘एस टु सी’ सन् २०२१ को अगस्टमा सांघाई स्टक एक्सचेन्जको साइन्स एन्ड टेक्नोलोजी बोर्ड (स्टार) मा सूचीकृत हुनेगरी आइपीओ जारी गर्नका लागि आवेदन दिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?