National life

चिसो घट्न थालेसँगै सोलुखुम्बु क्षेत्रमा फर्किन थाले पर्यटक, व्यवसायी र स्थानीयमा खुसीयाली

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ फागुन २०८०, मङ्गलबार
676Shares
चिसो घट्न थालेसँगै सोलुखुम्बु क्षेत्रमा फर्किन थाले पर्यटक, व्यवसायी र स्थानीयमा खुसीयाली
ncell

काठमाडौँ चिसोका कारण लगभग ठप्प जस्तै बनेको विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक फर्किने क्रम सुरु भएको छ।

हिउँद महिनामा केही समय आवागमन ठप्प बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै स्वदेशी तथा विदेशी पर्यटक फर्किन थालेको छन् । पर्यटक प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुले तयार पारेको एक तथ्याङ्क अनुसार अहिले दैनिक रूपमा ५० देखि ६० जनासम्म विदेशी पर्यटक खुम्बु प्रवेश गरिरहेका छन्।

फागुन लागेसँगै चिसोको मात्रामा केही सुधार आउने भएको कारण पर्यटक आउने क्रम बढ्न थालेको पर्यटक प्रहरी इन्चार्ज शङ्कर खत्रीले जानकारी  दिएका छन् । सोलुखुम्बु भित्रिने पर्यटकमा धेरैजसो कोरियन र चाइनिज रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सगरमाथा क्षेत्रमा पर्यटक आउने क्रम सुरु भएसँगै खुम्बुका पर्यटन व्यवसायी पनि व्यवसायमा फर्किन थालेका छन् । चिसो छल्न काठमाडौँ, पोखरा,लगायतका क्षेत्रमा गएका व्यवसायीहरू अहिले फर्किन थालेका छन् ।

पासाङ ल्हामु गाउँपालिकाले दिएको जानकारी अनुसार अहिले झन्डै ४० प्रतिशत होटलहरु खुलिसकेका छन् । पर्यटक आवागमनले स्थानीय बासिन्दालाई समेत खुशी बनाएको छ ।

खुम्बुमा वर्षको दुई सिजन, फागुन, चैत्र, वैशाख र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । पर्यटक आवागमन सुरु भएसँगै तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला सोलुखुम्बुमा पनि यात्रुको चाप बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?