National life

चीनले मल निर्यात रोक्यो, विश्वव्यापी आपूर्तिमा सङ्कट

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०६ चैत २०८२, शुक्रबार
1.2kShares
चीनले मल निर्यात रोक्यो, विश्वव्यापी आपूर्तिमा सङ्कट
ncell

काठमाडौं। चीनले आन्तरिक बजारको आपूर्ति सुरक्षित राख्न कृषि मलको निर्यात घटाउने निर्णय लिएको उद्योग स्रोतहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यस कदमले अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण पहिले नै दबाबमा रहेको विश्व बजारमा थप असर पार्ने सम्भावना छ।

स्रोतका अनुसार मार्चको मध्यतिर बेइजिङले नाइट्रोजन–पोटासियम मिश्रित मल र केही प्रकारका फस्फेट मलको निर्यातमा रोक लगाएको छ। यसअघि नै युरियामा लागू गरिएको कोटा र प्रतिबन्ध कायम रहँदा अब चीनबाट सीमित मात्रामा, विशेषगरी अमोनियम सल्फेट जस्ता मल मात्रै बाहिर पठाउन पाइने अवस्था बनेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस व्यवस्थाका कारण चीनले अघिल्लो वर्ष निर्यात गरेको मलको ठूलो हिस्सा प्रभावित हुने देखिएको छ। अनुमानअनुसार कुल निर्यातको आधादेखि तीन-चौथाइसम्म हिस्सा रोकिन सक्छ, जुन करिब ४ करोड मेट्रिक टनसम्म हुन सक्ने बताइएको छ।

चीन विश्वका सबैभन्दा ठूला मल निर्यातकहरूमध्ये एक हो- जसले गत वर्ष १३ अर्ब डलरभन्दा बढी मूल्यको मल निर्यात गरेको थियो।

होर्मुज स्ट्रेट हुँदै हुने मलको ढुवानी रोकिएको बेला यो प्रतिबन्धको खबर बाहिर आएको छ। यस जलमार्गबाट हुने ढुवानीले समुद्रमार्फत हुने कुल आपूर्तिको करिब एक तिहाइ हिस्सा ओगट्छ।

बीएमआई का वरिष्ठ कमोडिटिज विश्लेषक म्याथ्यू बिगिनले रोयटर्सलाई भने, ‘चीनले सधैं यस्तै शैली देखाउँछ, विश्वव्यापी अभावको समयमा उद्धार गर्न आउनुको सट्टा चीनले आपूर्तिमा रोक लगाउँछ।’

बिगिनले थपे, ‘उनीहरूले खाद्य सुरक्षालाई प्राथमिकता दिइरहेका छन् र आफ्नो घरेलु बजारलाई मूल्यवृद्धिको धक्काबाट बचाइरहेका छन्।’

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?