काठमाडौँ । जापानले आफ्नो विश्वको तेस्रो ठुलो अर्थतन्त्रको हैसियत गुमाएको छ । (आज ) बिहीबार सार्वजनिक भएको एक तथ्याङ्कले सन् २०२३ मा जापानको कूल गार्हस्थ उत्पादन (जिडिपी) १.९ प्रतिशतले वृद्धि भई नाम मात्रको हिसाबले ५.७ प्रतिशतले वृद्धि भएको देखाएको छ।
सन् २०२३ का लागि उसको कूल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन ९४.२१ ट्रिलियन अमेरिकी डलर० रहेको छ । जापानलाई जर्मनीले उछिन्दै आफ्नो विरासत खडा गरेको छ । जर्मनीको अर्थव्यवस्थाको आकारभन्दा जापानको अर्थव्यवस्था खुम्चिन गएको सार्वजनिक तथ्याङ्कले देखाएको छ ।
सन् २०२३ मा जर्मनीको कूल गार्हस्थ उत्पादन कूल ४.४६ ट्रिलियन डलर कायम भएको छ । जापानको अर्थतन्त्रमा गत वर्षको तेस्रो र चौथो त्रैमासिक अवधिमा लगातारको सङ्कुचन देखाएको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । प्रस्तुत तथ्याङ्कले विकसित जापानको आर्थिक मन्दीलाई सङ्केत गरेको छ ।
त्यस्तै कमजोर खर्चका कारण अक्टोबर–डिसेम्बरको अवधिमा अर्थतन्त्र ०.४ प्रतिशतको दरले खुम्चिएको तथ्याङ्कमा समावेश भएको छ । जापानमा उत्पादित वस्तु तथा सेवाको कूल मूल्य वास्तविक कुल गार्हस्थ उत्पादन ९जिडिपी० अघिल्लो त्रैमासिकको तुलनामा ०.१ प्रतिशतले घटेको सरकारको प्रारम्भिक तथ्याङ्कले देखाएको हो ।
क्याबिनेट कार्यालयका अनुसार दोस्रो त्रैमासिकको तुलनामा सन् २०२३ को तेस्रो त्रैमासिकमा ०.८ प्रतिशतले कमी आएको हो। जापानको कूल गार्हस्थ उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेको निजी उपभोग अक्टोबर–डिसेम्बर अवधिमा ०.२ प्रतिशतले घटेको छ,जुन लगातार नौ महिनाको गिरावट हो ।


































