National life

वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ असोज २०८०, मङ्गलबार
654Shares
वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ
ncell

काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । जापान पठाइदिने भन्दै दुई लाख ७० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको हाे।

पक्राउ पर्नेमा खोटाङको साकेला गाउँपालिका–१ स्थाई घर भई हाल काठमाडौंको घट्टेकुलो बस्ने वर्ष ४५ को राजकुमार गुरुङ र सुनसरीको ईटहरी उपमहानगरपालिका–१९ स्थाई घर भई हाल घट्टेकुलो बस्ने वर्ष २८ को उदय गुरुङ रहेका छन्।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरूलाइ थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाएको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
654SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?