National life

जिल्ला अदालतमा साढे ३७ करोड मागदाबी सहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८१, बुधबार
536Shares
जिल्ला अदालतमा साढे ३७ करोड मागदाबी सहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता
ncell

काठमाडौँ ।  चितवन जिल्ला अदालतमा साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे मुद्दा दर्ता भएको छ।

सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको छ । राईसँगै प्रतिवादीमा  सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन्।

चितवन बहुउद्देश्यीय सहकारी संस्थाका ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै उनीहरू विरुद्ध मुद्दा दायर गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाउँदै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी समेत गरिएको छ ।

अभियोग पत्रमा उल्लेख गरिए अनुसार साहारा सहकारीबाट गोरखा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रुपैयाँ बराबर कारोबार कसरी को–कोसँग भएको हो, त्यसको विवरण माग गरिएकोमा उक्त विवरण प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले उक्त कम्पनीको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समिति लगायत बारे थप अनुसन्धान गर्नुपर्ने देखिन आएको उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?