काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा का सभापति) रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी बुधवार १० बजे अघि नै चितवन जिल्ला अदालतमा हाजिर भएका हुन् ।
सहारा चितवन सहकारीको रकम गैर कानुनी रूपमा संगठित तवरले अपचलन र ठगी गरेको अभियोगमा मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय चितवनले उनी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
चिवतनमा रविको बयान लिएसँगै थुनछेक बहस सुरु हुनेछ।
त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् । तर उनको बयान कहिले सकिन्छ भन्ने टुंगो हुन सकेको छैन् ।

































