National life
cg eloctronics

जिल्ला मालपोत कार्यालय तनहुँबाट ३० करोड चौरासी लाख राजस्व सङ्कलन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ साउन २०८०, बुधबार
978Shares
जिल्ला मालपोत कार्यालय तनहुँबाट ३० करोड चौरासी लाख राजस्व सङ्कलन
muktinatha bikash bank

तनहुँ । जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७९/८० मा तीस करोड ८४ लाख तीन हजार ५४ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आवमा १३ करोड ८३ लाख ७४ हजार छ सय १० रुपैयाँकम राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा ४४ करोड ६८ लाख चार हजार छ सय ६४ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आर्थिक वर्ष २०७९/८० मा रजिष्टे्शन दस्तुरबाट पन्ध्र करोड ८० लाख पाँच हजार चार सय रुपैयाँ सत्र, पुँजीगत लाभकर एघार करोड उनान्नचालिस लाख सन्ताउन्न हजार पन्ध्र रुपैयाँ, रोक्का दस्तुर धितोसमेत गरी तीन करोड अठार लाख सत्तरी हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

त्यसैगरी नामसारी संशोधनबाट बैसठ्ठी लाख अठसठ्ठी हजार आठ सय सत्र रुपैयाँ, अन्य सेवाशुल्क र प्रशासनिक दस्तुर रु एघार हजार आठ सय पाँच राजस्व सङ्कलन भएको थियो । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कित्ताकाट रोकिएका कारण कारोबार घटेको थियो ।

सङ्कलित राजस्वमध्ये पुँजीगत लाभकर राजस्वबापत सङ्कलन भएको एघार करोड ३९ लाख ५७ हजार १५ रुपैयाँ सङ्घीय सरकारको खातामा पठाइने कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए । बाँकी रहेको राजस्व रकममध्ये ६० प्रतिशत स्थानीय पालिका र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा पठाइने उनको भनाइ थियो । रासस

everest bank
यो समाचार शेयर गर्नुहोस्
978SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?