National life

जिल्ला हुलाक कार्यालय चितवनद्वारा १ करोड राजस्व सङ्कलन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ साउन २०८०, बुधबार
640Shares
जिल्ला हुलाक कार्यालय चितवनद्वारा १ करोड राजस्व सङ्कलन
ncell

नारायणगढ । जिल्ला हुलाक कार्यालय चितवनले गत अर्थिक वर्ष २०७९/८० मा विभिन्न शीर्षकबाट एक करोड १३ लाख सात हजार सात सय ३६ राजस्व सङ्कलन गरेको छ । हुलाक टिकट, पोष्टबक्स दर्ता, एफएम सञ्चालन नवीकरण, भन्सार महसुललगायतका शीर्षकबाट कार्यालयले राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख रमेश ज्ञवालीका अनुसार हुलाक सेवा शुल्कबाट ८६ लाख ३० हजार एक सय एक, भन्सार महसुल आयातबाट नौ लाख ९३ हजार ७४, रेडियो एफएफ सञ्चालन दस्तुरबाट ४४ हजार, सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त आय ५४ हजार राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी अन्य स्रोतबाट प्राप्त बाँडफाँट नहुने दस्तुर १५ लाख ६१ हजार ६१ सङ्कलन भएको छ भने यहाँको टेलिभिजन सञ्चालन गरेको दस्तुर २५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत आवमा कार्यालयले १० लाख ७३ हजार एक सय थान टिकट बिक्री गरी ९८ लाख ३४ हजार सात सय ६५ आम्दानी गरेको छ । जिल्ला हुलाक कार्यालयबाट यहाँका पत्रपत्रिका तथा एफएम र टेलिभिजनलाई लोककल्याणकारी विज्ञापनको रकम भुक्तनी गर्ने गरिएको प्रमुख ज्ञवालीले जानकारी दिए । यस कार्यालयबाट गत आवमा ५१ लाख नौ हजार छ सय ७७ लोककल्याणकारी विज्ञापनवापतको रकम भुक्तानी गरिएको छ ।

यहाँका तीन दैनिक पत्रपत्रिकालाई ११ लाख ७२ हजार छ सय ९०, आठ साप्ताहिक पत्रिकालाई १९ लाख ८२ हजार नौ सय ५९ र एउटा द्विमासिक पत्रिकालाई एक लाख २० हजार सात सय ४९ भुक्तानी गरिएको छ । त्यसैगरी जिल्लाका चौध एफएम रेडियोलाई १५ लाख ९० हजार छ सय ९२ र एउटा टेलिभिजनलाई दुई लाख ४२ हजार पाँच सय ८५ भुक्तानी गरिएको छ ।

कार्यालयको काम, कर्तव्य र अधिकारभित्र रहेर सो भुक्तानी गरिएको कार्यालय प्रमुख ज्ञवालीले बताए । लोककल्याणकारी विज्ञापनसँगै कार्यालयले केबल टिभी एफएम रेडियोहरूको नवीकरण तथा अनुगमन गर्दै आएको छ । राष्ट्रिय सूचना आयोगले तोकेबमोजिम सूचनाको हक कार्यान्वयनको अनुगमन गरी प्रतिवेदन पेस गर्ने गरिएको उनको भनाइ छ ।

जिल्ला हुलाक कार्यालयले गत वर्ष ४४ हजार ८४ हुलाक वस्तु देशभित्र र सात सय २३ विदेश पठाएको छ । त्यसैगरी ३५ हजार २३ हुलाक वस्तु देशभित्रबाट र १० हजार आठ सय ३८ विदेशबाट हुलाक वस्तु आएको छ । हाल जिल्ला हुलाक कार्यालयले पूर्व–पश्चिम डाँक व्यवस्थापन र सञ्चालन, हुलाक वस्तु दर्ता एवं रजिष्ट्री, द्रुत डाँक सेवालगायतका काम गर्दै आएको छ । जिल्लामा हाल १३ इलाका हुलाक र २५ अतिरिक्त हुलाक कार्यालय छन् । पछिल्लो समय निजी क्षेत्रका कुरियर सेवा सञ्चालन भएपछि हुलाकको काममा भने केही कमी आएको छ । रासस

यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?