National life

झनै बढ्यो स्थानीय तहको बेरुजु , ३० अर्ब नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ जेठ २०८१, सोमबार
784Shares
झनै बढ्यो स्थानीय तहको बेरुजु , ३० अर्ब नाघ्यो
ncell

काठमाडौँ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९- ८० मा स्थानीय तहको बेरुजु ३० अर्ब ८३ करोड देखिएको छ।

६१औँ वार्षिक प्रतिवेदन अनुसार ७ सय ४६ स्थानीय तहको ११ खर्ब ३७ अर्ब ४ करोड १९ लाखको लेखापरीक्षण भएको थियो । ३५ अर्ब ६६ करोड ६३ लाख रुपैयाँ बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ४ अर्ब ८३ करोड ९ लाख रुपैयाँ फर्छ्योट गरिएको हो ।

स्थानीय तहको ३० अर्ब ८३ करोड ५३ लाख रुपैयाँ फछ्र्योट गर्न बाँकी रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसमध्ये असुल गर्नुपर्ने ४ अर्ब ९ करोड १८ लाख, नियमित गर्नुपर्ने २३ अर्ब ९२ करोड ८८ लाख र म्याद नाघेको पेस्की २ अर्ब ८१ करोड ४८ लाख बाँकी छ ।

त्यसै गरी दुई स्थानीय तहको २०७७- ७८ र २०७८- ७९ को २ अर्ब १४ करोड ९५ लाखको लेखा परीक्षणबाट १७ करोड ९८ लाख बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
784SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?