National life

टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरणको रिट लगाउमा राख्न सर्वोच्चको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ चैत २०८०, सोमबार
673Shares
टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरणको रिट लगाउमा राख्न सर्वोच्चको आदेश
ncell

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरणको रिटलाई लगाउमा राख्न आदेश भएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले लगाउमा राखी पेश गर्न आदेश दिएको हो ।

उच्च अदालतको आदेश वेरितको रहेको कारण बदर गरी थुनामुक्त गरिपाउँ भनी पाण्डेले दायर गरेको रिटमाथि सुनुवाइ हुँदा सोही प्रकरणसँग जोडिएका अन्य मुद्दा पनि अदालतमा रहेको कारण लगाउमै राखी सुनुवाइ हुन वाञ्छनीय देखिएको भन्दै लगाउमा राख्ने आदेश भएको हो ।

यस अगाडि नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका सचिव पाण्डे सहित एमाले सचिव टोपबहादुर रायमाझी लगायतका व्यक्तिहरु उच्च अदालतबाट पनि पुर्पक्षमै राख्ने आदेश भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?