National life

डेडिकेटेड र ट्रंकलाइन विवाद : प्रधानमन्त्री र कुलमान सहित उद्योगीहरू बिच छलफल सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ साउन २०८१, शुक्रबार
594Shares
डेडिकेटेड र ट्रंकलाइन विवाद : प्रधानमन्त्री र कुलमान सहित उद्योगीहरू बिच छलफल सुरु
ncell

काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइन विद्युत् भुक्तानी विवाद चर्किन थालेपछि समाधानका लागि छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र ले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसहित ऊर्जा मन्त्री दीपक खड्का र उद्योगीहरू बिच छलफल सुरु भएको छ ।

दिउँसो ३ बजेबाट छलफलमा सुरु भएको हो । यसअघि गत बुधवार ऊर्जा मन्त्री खड्काले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ र उद्योगीसँग छलफल गरेका थिए । उक्त छलफलमा घिसिङले प्राधिकरणको अहिलेको अडान ठिक रहेको जिकिर गर्दै आएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले डेडिकेटेड र ट्रंकलाइनबापतको ६ अर्ब ६० करोड बक्यौता नतिरेको भन्दै उद्योगको बिजुली काट्न थालेपछि विवाद उत्कर्षमा पुगेको छ ।

हाल प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट,  जगदम्बा सिन्थेटिक्स र हुलास स्टिलको लाइन काटेको थियो । डेडिकेटेड र ट्रंकलाइनबापतको महशुल नबुझाउने ६१ उद्योगको बिजुली क्रमशस् काट्दै जाने प्राधिकरणले बताउँदै आएको छ ।

यता उद्योगीहरू भने डेडिकेटेड तथा ट्रंकलाइन विवाद सम्बन्धमा अध्ययन गर्न गठन भएको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले निर्देशन कार्यान्वयन नगरी प्राधिकरणले उद्योगीलाई तर्साउने र धम्काउने काम गरिरहेको आरोप लगाउँदै आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
594SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?