National life

डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरे बापतको बिल पाए महसुल तिर्न तयार छौः उद्योगी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ पुस २०८०, आइतबार
593Shares
डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरे बापतको बिल पाए महसुल तिर्न तयार छौः उद्योगी
ncell

काठमाडौं। डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरे बापतको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएका उद्योग सञ्चालकहरुले प्रमाणीत बिल पाए महसुल तिर्न आफूहरु तयार रहेको बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गरेर पीडित उद्योगीहरुले प्राधिकरणले आफुहरुले विद्युत उपयोग गरेको प्रमाण दिए बिल तिर्न तयार रहेको स्पष्ट पारेका छन् ।

उनीहरुले भने, ‘प्राधिकरणले अदालतमा प्रमाण बुझाउने भनेको छ । क्रेता हामी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हामीभन्दा आधिकारिक ठाउँ कहाँ हुन्छ ? होला ।’ पीडित उद्योगीहरुले त्यतिबेला कानून विपरीत विद्युत दिने प्राधिकरणका कर्मचारीलाई किन कारबाही नगरिएको भन्दै प्रश्न समेत गरेका छन्।

प्राधिकरणले ६१ वटा उद्योगले बिल नतिरेको भने पनि बाँकी ५२ वटालाई बिलै जारी नगरिएको पीडित उद्योगीहरुको आरोप छ ।

उनीहरुले आफु्हरुलाई मात्रै नियोजित रुपमा छानी छानी प्रताडित बनाएको समेत उनीहरुले आरोप लगाएका छन् । ६१ वटा उद्योग एकै चोटी बन्द भए त्यसको जिम्मा प्राधिरणले लिनुपर्ने भन्दै उनीहरुले विद्युत प्राधिकरणको कदमप्रति आक्रोश पोखेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?