National life

तत्कालिन मधेस प्रदेशसचिव नम्रता सिंहसहित ८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ पुस २०८१, सोमबार
1.3kShares
तत्कालिन मधेस प्रदेशसचिव नम्रता सिंहसहित ८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौं । लुम्बिनी प्रदेशको कृषि मन्त्रालयकी सचिव डा. नम्रता सिंहबिरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ । भेटेरिनरी डाक्टर समेत रहेकी नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको कृषि मन्त्रालयकी तत्कालीन सचिव नम्रता सिंह, वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकरप्रसाद साह, कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल र सहलेखापाल ब्रजेशकुमार साहविरुद्ध एक करोड रूपैयाँ हिनामिना गरेको अभियोगमा भ्रष्टाचार मुद्दा चलाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पशु चिकित्सक रञ्जितकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाशकुमार झा र कृषि विकास निर्देशनालयका कृषि अर्थविज्ञ विकासकुमार साहले पनि यस प्रकरणमा संलग्न रहेको अख्तियारको अभियोग छ।

यस्तै युवरानी मत्स्य तथा कृषि फार्म प्रालि, औरही, महोत्तरी र उक्त फार्मका सञ्चालक लक्ष्मीनारायण यादव पनि भ्रष्टाचार मुद्दामा अभियुक्त कायम भएका छन्। उनीहरूले मिलेमतोमा कृषि अनुदान घोटाला गरेको अख्तियारले अनुसन्धानबाट निष्कर्ष निकालेको छ। विशेष अदालतमा यो मुद्दा दायर भएसँगै अभियुक्त बनाइएका सबै सरकारी कर्मचारी निलम्बनमा गएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?