National life

तरलता बढ्दा वाणिज्य बैंकहरुको कर्जा ब्याजदरमा १५% को गिरावट, कुन बैंकको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ कात्तिक २०८१, शुक्रबार
461Shares
तरलता बढ्दा वाणिज्य बैंकहरुको कर्जा ब्याजदरमा १५% को गिरावट, कुन बैंकको कति ?
ncell

काठमाडौँ । वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर तीन महिनामै मात्रै १५ प्रतिशतसम्म घटेको छ । ब्याजदरको प्रमुख निर्धारक मानिने आधार दर घट्दै जाँदा बैंकले कर्जा ग्राहकसँग लिने ब्याजदरमा गिरावट हुँदै गएको हो ।

कर्जाको ब्याजदर अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले घटेको बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । बैंकहरुमा अधिक तरलताका कारण ब्याजदर सस्तिन गएको हो । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको आधार दर असार मसान्तको तुलनामा ०.३४ देखि १.४१ प्रतिशत विन्दुसम्म गिरावट आएको छ ।

प्रस्तुत विवरण अनुसार कर्जाको लागत धेरै घटेका बैंकहरुमा नेपाल बैंक,स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैंक र एनएमबि बैंक अग्रस्थानमा छन् । यी बैंकहरुको ब्याज लागत तीन महिनामै १० प्रतिशत बढीले घटेको तथ्यांकमा उल्लेख छ । पहिलो त्रैमासको अवधिमा कुमारी बैंकको आधार दर १.४१ प्रतिशत विन्दुले घटेको छ । यो सर्वाधिक गिरावटको अग्रभागमा रहेको छ । त्यस्तै, नेपाल बैंकले १.२५, स्ट्यान्डर्ड चार्टर्डले ०.८९, कृषि विकास बैंकले १.०२ र एनएमबि बैंकले ०.९३ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।

आधार दर सहित सोही अवधिमा बेसरेट घटाएका बैंकहरुमा ग्लोबल आईएमई (०.८०), नेपाल इन्भेष्टमेन्ट मेगा बैंक(०.७४) एनआईसी एशिया (०.८२) , एभरेस्ट (०.६५), लक्ष्मी सनराइज (०.७३), राष्ट्रिय वाणिज्य (०.५६), हिमालयन (०.७३), नबिल (०.६१), माछापुच्छ्रे सानिमा, नेपाल एसबीआई , प्रभु , प्राइम कमर्शियल लगायतका छन् ।

असोज मसान्तमा सबैभन्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५.७१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ६.१५, नेपाल बैंक ६.७२, एभरेस्ट बैंक ६.८०, नबिल बैंक ७.०२, कृषि विकास बैंक ७.०७, नेपाल इन्भेष्टमेन्ट बैंक ७.०८, सानिमा बैंक ७.२४, ग्लोबल आईएमई बैंक ७.२९, माछापुच्छ्रे बैंक ७.६१, प्रभु बैंक ७.६५, नेपाल एसबीआई बैंक ७.७२, तथा कुमारी बैंक ७.४८ प्रतिशत आधार दर कायम गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
461SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?