National life

तलब सुविधामा बैंकहरुले खर्चिए साढे १४ अर्ब रुपैयाँ , नबिल बैंक अग्रस्थानमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ कात्तिक २०८१, बुधबार
1.1kShares
तलब सुविधामा बैंकहरुले खर्चिए साढे १४ अर्ब रुपैयाँ , नबिल बैंक अग्रस्थानमा
ncell

काठमाडौं । वाणिज्य बैंकहरुले तीन महिनाको अवधिमा कर्मचारीहरूको तलबमा मात्रै साढे १४ अर्ब रुपैयाँ खर्चिएका छन् । साउनदेखि असोजसम्मको समयमा कर्मचारीको तलब सुविधामा मात्र बैंकहरुले झण्डै साढे १४ अर्ब रुपैयाँ खर्चिएका हुन्।

चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सबैभन्दा बढी तलबमा खर्च गर्ने बैंकको सूचिमा नबिल बैंक शीर्षस्थानमा रहेको छ । बैंकले उक्त अवधिमा १ अर्ब ११ करोड बढी रकम तलबमा खर्चिएको छ । त्यस्तै उक्त अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८ करोड र एनआईसी एसियाले ९७ करोड बढी रकम कर्मचारीको तलब सुविधामा खर्चिएको विवरणमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त समयावधिमा सबैभन्दा बढी तलब सुविधा बाँड्ने बैंकहरुको सूचीमा कृषि विकास र नेपाल बैंक तेस्रो श्रेणिमा देखिएका छन् । उक्त बैंकहरुले तीन महिनामा ८७ करोड हाराहारीको रकम खर्च गरेका छन् । यता,  नेपाल इन्भेष्टमेन्ट मेगा र हिमालयन बैंकको कर्मचारी खर्च ७५–७६ करोड बराबरी भएको उल्लेख छ ।

साथै, लक्ष्मी सनराइज, कुमारी, ग्लोबल आईएमई र प्रभूले मिल्दोजुल्दो बराबरको अर्थात्  ९३ देखि ९५ करोड सम्मको रकम खर्चिएका हुन् । तीन महिनाको अवधिमा सिद्धार्थ, माछापुच्छ्रे र एनएमबीले ५० करोड बढी नै रकम खर्च गरेको प्रस्तुत विवरणमा उल्लेख छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम कमर्शियल बैंकले ४४.४८ प्रतिशत र नेपाल एसबीआईले ३७.४३ प्रतिशत बोनस क्षमता बनाउन सफल भएका छन् ।

साथै, एभरेष्टले ३६.१८ र एनएमबीले ३२.६३ प्रतिशत बोनस दिने क्षमता तयार पारेका छन् । रकमका आधारमा सर्वाधिक बोनस बाँड्ने क्षमता बनाएको नबिल बैंकले कर्मचारी खर्चको २८ प्रतिशत मात्रै बोनस दिने अवस्थामा देखिएको छ । बैंकसँग  ३१ करोड ५१ लाखको क्षमता निर्माण गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?