National life

तिहारलाई लक्षित गर्दै आजदेखि असर्फी बिक्री गर्दै राष्ट्र बैंक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
477Shares
तिहारलाई लक्षित गर्दै आजदेखि असर्फी बिक्री गर्दै राष्ट्र बैंक
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुनका सिक्का (असर्फी) र चाँदीका सिक्का मेडालियन सर्वसाधारणलाई बिक्री खुला गरेको छ । राष्ट्र बैंकका अनुसार सर्वसाधारणले आजदेखि कार्तिक २४ गतेसम्म सिक्का खरिद गर्न सक्नेछन् ।

राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका अनुसार यसपटक पनि बैंकले २.५ ग्रामका, ५ ग्रामका र १० ग्रामका सुनको सिक्का सर्वसाधारणलाई उपलब्ध गराउने भएको छ ।

Royal Enfield
nic asia capital

गाई अंकित २५ ग्राम, १० ग्रामका चाँदीका सिक्का, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम चाँदीका सिक्का समेत बिक्री गर्ने जनाएको छ । उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?