National life

दशैँ लक्षित १५ सय खसीबोका उपत्यका भित्रिने, मूल्य छुट विषयमा टुंगो लाग्न बाकी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ भदौ २०८१, सोमबार
673Shares
दशैँ लक्षित १५ सय खसीबोका उपत्यका भित्रिने, मूल्य छुट विषयमा टुंगो लाग्न बाकी
ncell

काठमाडौँ । यस वर्षको दशैँ लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १५ सय बढी खसी बोका काठमाडौँ उपत्यकामा ल्याउने तयारी थालेको छ।

कम्पनीले जिउँदो खसी बोका र च्याङ्ग्रा खरिदका लागि चार करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिसकेको जानकारी दिएको छ । यस वर्षको दशैं तिहारलाई लक्षित गरेर १५ सय खसी बोका ल्याउने निर्णय भएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीको भनाई छ ।

साथै, कम्पनीले असोज महिनाको पहिलो साताबाट सुपथ मूल्यका पसल खुलाउने जानकारी दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चाडपर्व लक्षित पसलमा कतिसम्मको छुट दिने भन्ने चाहिँ अझै टुङ्गो नभइसकेको उनको भनाई छ । गत वर्ष प्रतिकिलो १० रुपैयाँसम्म छुट दिइएको थियो। कम्पनीले वर्षेनी खसी बोका,च्याङ्ग्रा भने घटस्थापनाबाट बिक्री वितरण गर्दै आएको छ। कम्पनीले यस वर्ष ३ सय वटा मात्रै च्याङ्ग्रा ल्याउने भएको छ। गत दशैँमा खाद्यले ५४२ वटा च्याङ्ग्रा ल्याएको थियो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँ तिहारका लागि हरेक वर्षको दशैँमा खाद्य सामग्री तथा खसी बोका सहुलियतमा बेच्दै आइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?