National life

दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आजदेखि खुला

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ असोज २०८०, सोमबार
639Shares
दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आजदेखि खुला
ncell

काठमाडाैं । दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ। सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आज (असोज २२ गते)देखि खुला गरिएको हाे।

सरकार र यातायात व्यवसायीबीच भएको सहमतिबमोजिम आजबाट अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। यस विषयमा गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच सहमति भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विगतका वर्षमा झैँ यात्रीको सहजताका लागि दसैँ अगावै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको हो।

सरकारले दसैँको बेला सार्वजनिक यातायातले रुट परमिट लिनु नपर्ने व्यवस्था पनि गरेको छ। जसअनुसार यातायात व्यवस्था विभागले असोज २८ गतेदेखि देशका जुनसुकै स्थानमा रुट परमिटबिना बस चलाउन दिने व्यवस्था मिलाएको छ।

यसपालिको दसैँमा काठमाडाैं उपत्यकाबाट २० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
639SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?