काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको बर्तमान अवस्थाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार नेपाल सरकारको खर्च कुल ३५ अर्ब ४ करोड रहेको छ ।
समीक्षा अवधिमा चालु खर्च १२ अर्ब १४ करोड रुपैयाँ र पूँजीगत खर्च ८२ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च २२ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
यसका साथै, यस अवधिमा विप्रेषण आप्रवाह २५.
त्यस्तै, समीक्षा अवधिमा चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँ बचत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १५ अर्ब १३ करोड रुपैयाँले घटेको थियो । त्यस्तै, साउन मसान्तसम्ममा बैंकमा सरकारका विभिन्न खातामा २०८ अर्ब ९३ करोड रुपैयाँ नगद र्मान्दात रहेको छ । यस अवधिमा प्रदेश सरकारहरुको कुल खर्च ५ करोड र स्रोत परिचालन ८ अर्ब ३५ करोड रहेको छ ।
असार मसान्तसम्ममा सरकारको आन्तरिक कुल आन्तरिक कर्जा २.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ०.९ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुुगत आधारमा असार मसान्तमा यस्तो कर्जा ७ दशमलव ३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोड (२.३ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ७७ करोड (२.० प्रतिशत) ले घटेको थियो ।
चालु आर्थिक वर्षको साउन महिनामा रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले बढेको छ । एक महिनाको तथ्याङक अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्ष रेमिट्यान्स २५.८ प्रतिशतले बढेको हो।
साउन एक महिनामा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।
त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा देशको व्यापार घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा कुल वस्तु निर्यात ८.७ प्रतिशतले कमी आई १३ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २८.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात २०.८ प्रतिशतले कमी आएको छ भने र चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ५२७.२ प्रतिशत र १५.४ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा कुल वस्तु आयातमा १.६ प्रतिशतले कमी आई १ खर्ब २९ अर्ब २४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १२.९ प्रतिशतले कमी आएको थियो ।
चालु आर्थिक वर्षको पहिलो महिना मुलुकको शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा गएको छ । केन्द्रीय बैंकले शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रुपैयाँ र चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँ बचतमा रहेको देखाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो शोधनान्तर स्थिति १९ अर्ब ७६ करोड रुपैयाँले घाटामा गएको थियो भने चालु खाता १५ अर्ब १३ करोड रुपैयाँ घाटामा थियो ।
यस्ताे छ देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था :
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2023/09/12.pdf"]
































