National life

धरहरा सञ्चालनमा आएको एक सातामा १४ लाख बढी राजस्व सङ्कलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
780Shares
धरहरा सञ्चालनमा आएको एक सातामा १४ लाख बढी राजस्व सङ्कलन
ncell

काठमाडौं । धरहरा सञ्चालनमा आएको करिब एक सातामा १४ लाख ७० हजार भन्दा बढी राजस्व सङ्कलन भएको छ। २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण भएको ऐतिहासिक धरहरा यही मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो ।

आइतबार साँझसम्म धरहराबाट १४ लाख भन्दा बढी राजस्व सङ्कलन भएको हो । बुधवार बाहेक हरेक दिन सञ्चालन हुने उक्त धरहरामा दैनिक एक हजार भन्दा बढीले धरहरा चढ्ने गरेको निर्माण समितिले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
९ गतेदेखि १६गतेसम्ममा ८ हजार तीन सय १६ जनाले धरहरा चढिसकेका छन् ।

धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउनेछन् । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार शुल्क तोकिएको छ ।

यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० र दुई पाङ्ग्रेलाई १० तोकिएको छ। यस्तै, धरहरा परिसरमा प्रवेशका लागि भने ५० निर्धारण गरिएको बताइएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार तोकिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
780SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?