National life

नयाँ वर्ष तथा इदको अवसरमा ‘रात्रि बजार’ सञ्चालनको तयारीमा महानगर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
587Shares
नयाँ वर्ष तथा इदको अवसरमा ‘रात्रि बजार’ सञ्चालनको तयारीमा महानगर
ncell

काठमाडौँ । वीरगन्ज महानगरपालिकाले नयाँ वर्ष तथा इदको अवसर पारेर  ‘रात्रि बजार’ सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

वीरगन्ज महानगरपालिकाको कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म ‘रात्रि बजार’सञ्चालनको तयारी गरिरहेको छ। आदर्श नगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन गरिने महानगरको तयारी छ । अहिले सजावटदेखि स्टल बुकिङलगायत काम धमाधम भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ग्रिन सिटी सामुदायिक सेवा केन्द्र,नेपाल युवा उद्यमी मञ्ज वीरगन्ज, वीरगन्ज साइक्लिङ क्लबलगायत संस्थासँगको सहकार्यमा रात्रि बजार सञ्चालन हुन लागेको हो । महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार रात्रि बजार अवधिभर नेपाल– भारत मुख्य सीमा चौबिसै घण्टा खुला राख्ने व्यवस्था मिलाउने प्रयास भइरहेको छ।

भारतका पर्यटकलाई लक्ष्य गरेर यहाँका उद्योगी, व्यवसायीसँगको सहकार्यमा उनीहरूकै व्यवस्थापनमा हुन लागेको रात्रि बजारमा महानगरपालिकाले ७५ प्रतिशत लगानी गर्नेछ। “यहाँका निजी क्षेत्रको २५ प्रतिशत र महानगरको ७५ प्रतिशत लगानीमा बजार सञ्चालन गर्न लागेका हौँ”, उनले भने ।

रात्रि बजार नाफा कमाउन नभई यहाँको आर्थिक गतिविधि बढाउने उद्देश्यले बजार सञ्चालन हुन लागेको बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले बताए। आदर्श नगर चोकदेखि कैलाश चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेन पार्कसम्म लाग्ने रात्रि बजारमा १०० भन्दा बढी  स्टल रहने उनले जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
587SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?