National life

नागढुङ्गा सुरुङमार्गको टोल शुल्क निर्धारण, कति छ दस्तुर ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२७ चैत २०८२, शुक्रबार
1.1kShares
नागढुङ्गा सुरुङमार्गको टोल शुल्क निर्धारण, कति छ दस्तुर ?
ncell

काठमाडौं। नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि सरकारले टोल शुल्क निर्धारण गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सवारीको प्रकारअनुसार फरक–फरक शुल्क तोकेको जनाएको छ।

राजपत्रमा उल्लेख भएअनुसार काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सवारी साधनले बाहिरिनेभन्दा बढी शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सडक बोर्ड ऐन, २०५८ को दफा ६(१) बमोजिम उक्त शुल्क लागू गरिएको मन्त्रालयले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले सवारी साधनलाई चार समूहमा वर्गीकरण गर्दै शुल्क निर्धारण गरेको छ । पहिलो समूहमा कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबसजस्ता हलुका सवारी राखिएका छन् । यी सवारीले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

दोस्रो समूहअन्तर्गत मिनीबस तथा मिनी ट्रकरट्रिपर परेका छन् । यस्ता सवारीका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ।

तेस्रो समूहमा सिंगल रियर एक्सल भएका बस तथा ट्रक रहेका छन् । यी सवारीले उपत्यका प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।

चौथो समूहमा मल्टी एक्सल ट्रक तथा अन्य भारी उपकरण समावेश छन् । यस्ता सवारीका लागि काठमाडौं भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?