National life
cg eloctronics

नागरिक पेन्सन योजनाको मासिक भुक्तानी तथा कर्जाको भुक्तानी अब इसेवाबाट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२७ भदौ २०८०, बुधबार
991Shares
नागरिक पेन्सन योजनाको मासिक भुक्तानी तथा कर्जाको भुक्तानी अब इसेवाबाट
muktinatha bikash bank

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रदायक संस्था इसेवा प्रालि र नागरिक लगानी कोषबीच सेवा विस्तारबारे सोमबार एक सम्झौता भएको छ ।

सम्झौताअनुसार नागरिक लगानी कोषका सेवाग्राहीले इसेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजनाको मासिक भुक्तानी तथा सबै कर्जाको भुक्तानी सजिलै गर्न सक्नेछन् ।

सम्झौता पत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र नागरिक लगानी कोषका निर्देशक सीए शोभा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

हाल ८० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा र कोषबीचको सहकार्यले नेपाल सरकारको डिजिटल नेपालको अवधारणालाई टेवा दिँदै विद्युतीय भुक्तानीलाई अभिप्रेरित गर्ने विश्वास लिइएको छ ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत ८० लाखभन्दा बढी ग्राहकले सेवा लिइरहेका छन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
991SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?