National life

नाफामा उल्लेख्य वृद्धि गरेको एनएमबि बैंकको प्रतिसेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ कात्तिक २०८१, बुधबार
708Shares
नाफामा उल्लेख्य वृद्धि गरेको एनएमबि बैंकको प्रतिसेयर आम्दानी कति ?
ncell

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार एनएमबि बैंकको खुद नाफा १८.९४ प्रतिशतले बढेर १ अर्ब १४ करोड ५६ लाख ३ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको यस अवधिमा यसले ९६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष ४८ करोड १ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज असोज मसान्तसम्म आइपुग्दा ३ करोड ७० लाख रुपैयाँ रिभर्स भएको छ।

यता, खुद ब्याज आम्दानी भने १०.४२ प्रतिशतले घटेर १ अर्ब ९९ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ र जगेडा कोषमा १० अर्ब ८६ करोड ३० लाख रुपैयाँ छ ।

यसअवधिमा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९७ पैसाले बढेर २४ रुपैयाँ ९५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
708SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?